कात्तिक १ देखि भेरी अस्पतालमा इमरजेन्सी सेवा निशुल्क

बाँके, २३ असोज ।
नेपालगन्जस्थित भेरी अस्पतालले १ कात्तिक, २०७७ देखि इमरजेन्सी सेवा निशुल्क गर्ने भएको छ । अस्पताल विकास समितिको शुक्रबार बसेको बैठकले अस्पतालको इमरजेन्सी सेवामा लिइदै आएको शुल्क नलिने निर्णय गरेको अध्यक्ष प्रमोदकुमार धितालले जानकारी दिए ।
उनले इमरजेन्सी अवस्थामा आएका विरामीलाई अस्पताल भित्र पाइने सम्पूर्ण सेवा निशुल्क दिने निर्णय भएको बताए । कुनै ब्यक्ति विरामी भई वा दुर्घटनामा परि अस्पताल आएमा उसको अप्रेसन समेत निशुल्क गर्ने निर्णय भएको अध्यक्ष धितालले बताए ।
रकम अभावमा कोहि पनि उपचारबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यले इमरजेन्सी सेवा निशुल्क गरिएको उनको भनाई छ । ‘अव उपचारबाट कोही बञ्चित हुनुपर्ने छैन । इमरजेन्सी अवस्थामा अस्पताल आएका विरामीको अप्रेसनदेखि औषधि, भिडियो एक्स–रे, सिटि स्क्यानसम्म निशुल्क हुने छ,’ उनले भने ।
अहिले इमरजेन्सीका लागि पर्चाको २५ रुपैँया शुल्क लिने गरिएको छ । भने, विभिन्न जाँच बापतको शुल्क विरामीले तिर्नु पर्छ । इमरजेन्सी सेवा निशुल्क भएपछि दुर्घटनामा परेका र अकस्मात विरामी परेका ब्यक्तिले छिटो उपचार पाउने र रुपैँया खोज्ने टन्टा हट्ने भएको छ ।

Previous articleकोरोना संक्रमित ८५ बर्षिया महिलाको मृत्यु
Next articleघुससहित प्रहरी हवल्दार अख्तियारको नियन्त्रणमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here