बुधवार दाङ र सुर्खेतका दुई कोरोना संक्रमित महिलाको मृत्यु

बाँके, २१ असोज ।
बाँकेका अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित महिलाको बुधवार मृत्यु भएको छ । भेरी अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका– १५, दाङकी ३५ बर्षिया महिला र वीरेन्द्रनगर नगरपालिका–७, सुर्खेतकी ८२ बर्षिया महिलाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
१७ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना गरिएकी ३५ बर्षिया महिलाको सोही दिन कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको मेडिकल कलेजमा उपचार हुन नसकेपछि थप उपचाका लागि १८ असोज रातको ११ः४५ बजे भेरी अस्पतालमा ल्याइएको थियो । उनको बुधवार दिउँसो ३ बजे मृत्यु भएको श्रेष्ठले बताए ।
त्यसैगरि, सुर्खेतकी ८२ बर्षिया महिलाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा बुधवार बेलुकी ६ः३५ बजे मृत्यु भएको छ । ति महिलाको १३ असोजमा स्वाब संकलन गरिएको थियो । उनको १५ असोजमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

Previous articleदाङकी कोरोना संक्रमित महिलाको भेरी अस्पतालमा मृत्यु
Next articleजिप दुर्घटनामा परि जाजरकोटमा पाँच जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here