बाँके, २१ असोज ।
भेरी अस्पतालमा उपचाररत दाङकी कोरोना संक्रमित महिलाको बुधवार दिउँसो मृत्यु भएको छ । घोराही उपमहानगरपालिका– १५ की ३५ बर्षिया महिलाको उपचारका क्रममा बुधवार दिउँसो मृत्यु भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई १७ असोजमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । कोरोना आशंकामा सोही दिन उनको स्वाब संकलन गरिएको थियो । भने, सोही दिन उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनको मेडिकल कलेजमा उपचार हुन नसकेपछि १८ असोज रातको ११ः४५ बजे थप उपचाका लागि भेरी अस्पतालमा ल्याइएको थियो । उनको बुधवार दिउँसो ३ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।