जिप दुर्घटनामा परि जाजरकोटमा पाँच जनाको मृत्यु

बाँके, २१ असोज ।
जिप दुर्घटनामा परि जाजरकोटमा पाँच जनाको मृत्यु भएको छ । जुनिचाँदे गाउँपालिका–१ ओलभीरमा भे १ ज ९३५ नम्बरको जिप दुर्घटना वडा नं. ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृति शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत र कृष्णबहादुर शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र रेग्मीले जानकारी दिए ।
त्यस्तै दुईजना खोलामा बेपत्ता भएको उनले जानकारी दिए । जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगाबाट पराले जाँदै गरेको जिप दुर्घटनामा परेको उनले बताए । जिपमा सवार जुनिचाँदे–११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा खसेको छ ।

Previous articleबुधवार दाङ र सुर्खेतका दुई कोरोना संक्रमित महिलाको मृत्यु
Next articleभेरी अस्पतालका लेखा अधिकृतसहित १५ जना विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here