प्रदेश ५ को राजधानी दाङ र नाम लुम्बिनी बहुमतले पारित

बाँके, २० असोज ।
प्रदेश नं. ५ को नाम लुम्बिनी प्रदेश भएको छ । मंगलवार बसेको प्रदेश सभा बैठकले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश दुई तिहाई बहुमतले पारित गरेपछि यो प्रदेशको नाम लुम्बिनी भएको हो ।
प्रदेश सभामा प्रदेश ५ का कानुन मन्त्री कुलबहादुर केसीले प्रदेशको नाम लुम्बिनी र प्रदेशको राजधानी दाङको देउखुरी क्षेत्रलाई तोकियोस भन्ने प्रस्ताव प्रदेश सभामा पेश गरेका थिए । प्रदेशको नाम लुम्बिनी राखियोस भन्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा जम्मा चार मत परेको छ ।
त्यसैगरि, स्थायी राजधानी दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शितगंगा गाउँपालिका अन्तरगत राप्ती नदी आसपासका क्षेत्रलाई प्रदेश नं. ५ सभाले दुई तिहाई बहुमतले पारित गरेको छ । भालुबाङ क्षेत्रलाई स्थायी राजधानीको पक्षमा ६९ मत र हुन्न भन्ने पक्षमा जम्मा १३ मत परेको छ । प्रदेश सभामा ८७ जना सभासदस्य भए

Previous articleप्रदेश ५ को राजधानी दाङको देउखुरी बहुमतले पारित
Next articleदंगीशरणका सवै विद्यालयमा बैकल्पिक सिकाई मार्फत पठनपाठन सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here