संसद तोडफोड कांग्रेसको नीति र संस्कृति नभएको प्रवक्ता शर्माको स्पष्टोक्ति

काठ्माडौँ, १९ असोज ।
प्रदेश ५ सभामा नेपाली काँग्रेसका प्रदेशसभा सदस्यले गरेको तोड्फोड र विरोध पार्टीको नीति र संस्कृति विपरित भएको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले रोष्ट्रम भाच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उल्लंघनको स्वायत्तता विल्कुलै नदिइएको लेखेका छन् ।
प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएदेखि नै प्रदेश ५ का काँग्रेसका केही सांसदले विरोध गर्दै आएका थिए । सोमबारको प्रदेश सभा बैठकमा प्रदेश ५ का काँग्रेस प्रदेशसभा सदस्यले कुर्सी तोड्फोड गर्नुका साथै बुटवलबाट राजधानी सारेको भन्दै गम्भीर आपत्ति जनाएका थिए ।

Previous articleप्रदेशसभामा नेपाली काँग्रेसका सभासदले गरेको तोड्फोड अमर्यादितः नेकपा
Next articleप्रदेश ५ को राजधानी दाङको देउखुरी बहुमतले पारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here