प्रदेशसभामा नेपाली काँग्रेसका सभासदले गरेको तोड्फोड अमर्यादितः नेकपा

बाँके, १९ असोज ।
प्रदेश नम्बर ५ प्रदेशसभाको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका केही प्रदेशसभा सदस्यले सभामुख पूर्णबहादुर घर्तीलाई लक्षित गरि आक्रमण गरेको घटना प्रति नेकपा संसदिय दलले खेद ब्यक्त गरेको छ ।
नेपाली नागरिकको लामो संघर्ष र ठूलो बलिदानबाट बनेको संविधानले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समावेशीतालाई संस्थागत गरेको बताउँदै नेकपा संसदिय दलका मुख्य सचेतक भूमिश्वर ढकालले विज्ञप्ती जारी गरि प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र राजधानी भालुबाङ प्रस्ताव दर्ता गरेपछि छलफल शुरु भएकै दिन प्रमुख प्रतिपक्ष दल कांग्रेसका प्रदेशसभा सदस्यले कुर्सी तोडफोड गर्दै सभामुखप्रति लक्षित गरि भएको आक्रमणले संसदीय मर्यादाको उपहास गरेको बताएका छन् ।
नेकपा संघीयतालाई व्यवहारिक कार्यान्वयन गर्दै नागरिकका अपेक्षा पुरा गर्न प्रतिबद्ध रहेको बताउँदै उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशको नाम र राजधानी टुंगो लगाउने काम प्रदेश सभाको भएकोले मर्यादित रुपमा छलफलमा सहभागी हुन काँग्रेस निकट सभासदहरुलाई अपिल गरेका छन् । प्रदेश सरकारले १६ असोज, ०७७ मा संवैधानिक व्यवस्था अनुसार नाम र राजधानीको टुंगो लगाउन प्रस्ताव दर्ता गरेको उनको भनाई छ । ‘प्रदेशसभा विधि स्थापित गर्ने थलो हो । प्रदेशसभा सञ्चालनका विधि छन् । प्रदेश सरकारले सबै प्रकारका विधि र प्रक्रिया पुरा गरि प्रदेशसभामा राजधानी र नामको प्रस्ताव दर्ता गरेको हो । यसको टुंगो स्थापित विधि र प्रक्रियाबाट नै लाग्छ र लगाउनुपर्छ । जनताको चाहना र अपेक्षा पनि यही हो,’ ढकालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।
प्रदेशसभामा गरिएका निन्दनीय क्रियाकलापले प्रदेशसभाको गरिमा र महत्वलाई कमजोर पार्ने विज्ञप्तीमा उल्लेख छ । उनले त्यस्ता क्रियाकलाप नदोहो¥याउन तथा संसदीय विधि र प्रक्रियालाई आत्मसात गर्दै अघि बढ्न प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सहित सबै दलहरुसँग हार्दिक अपील गरेका छन् । उनले प्रदेशसभामा भएको उक्त अमर्यादित घटनाको छानवीन गर्न माग समेत गरेका छन् ।

Previous articleआचार्यद्वारा लिखित ‘सँप रजुवा’ बट्कोही विमोचन
Next articleसंसद तोडफोड कांग्रेसको नीति र संस्कृति नभएको प्रवक्ता शर्माको स्पष्टोक्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here