आचार्यद्वारा लिखित ‘सँप रजुवा’ बट्कोही विमोचन

बाँके, १९ असोज ।
सहित्यकार किरण आचार्यद्वारा लिखित सँप रजुवा सोमवार नेपालगन्जमा विमोचन भएको छ । आचार्यको ६३ औँ जन्मदिनको अवसरमा थारु भाषामा लिखित उनको तेस्रो कृति सँप रजुवा (बट्कुही संग्रह–२०७७) को साहित्यकार एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनतकुमार रेग्मी र पूर्व रक्षामन्त्री पत्तेसिंह थारुले विमोचन गरेका हुन् । यसअघि उनको लघु कविता संग्रह–२०६१ र अस्तित्व (लघु कविता संग्र्रह–२०६५) प्रकाशित भइसकेको छ ।
सँप रजुवा कथा संग्रहमा थारु समुदायमा प्रचलित पुराना कथा (बट्कोही) समेटिएका छन् । थारु समुदायको तस्वीर झल्किने गरि कथा लेखिएको बताउँदै उनले कथाले सकारात्मक सन्देश दिनुका साथै ज्ञानबद्र्धक समेत भएको बताइन् ।
बाँके, बर्दिया र दाङका थारु गाउँमा गएर कथा संकलन गरिएको लेखिका तथा साहित्यकार आचार्यले बताइन् । थारु समुदायको बास्तविक तस्वीर झल्किने गरि कथा लेख्ने प्रयास गरिएको छ,’ उनले भनिन् ।
कृति बिमोचनका सभापति एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सतनकुमार रेग्मीले आचार्यले प्रकाशनमा ल्याएको कथा संग्रहले साहित्वमा एउटा नयाँ आयाम थपेको बताए । उनले समाजमा लुकेर रहेका कथाले समाुदायको तस्वीर झल्काउने बताउँदै बास्तविक साहित्य गाउँमा जिवित रहेको धारणा राखे ।
प्रमुख अतिथि पूर्व रक्षामन्त्री फत्तेसिंह थारुले थारु समुदायका लेखक, साहित्यकारले गर्ने काम पूर्व प्रधानाध्यापक समेत रहेकी साहित्यकार किरण आचार्यले गरेको बताए । उनले गाउँघरमा लुकेर रहेका साहित्यलाई उजागर गर्ने दायित्व सवैको भएको धारणा राखे ।


कोहलपुर नगरपालिकाका उपमेयर सञ्जु चौधरीले थारु समुदायले गर्न चुकेको साहित्य सिर्जना गरेर साहित्यकार आचार्यले थारु समुदायलाई ठूलो गुण लगाएको बताइन् । उनले कला, संस्कृतिसँगै साहित्यमा थारु समुदाय धनी भए पनि लिखित रुपमा बाहिर आउन नसक्दा हराउँदै गएको बताइन् ।
सर्वदा साहित्य संगमका अध्यक्ष एवम् गजलकार खगेन्द्र गिरि (कोपिला) को स्वागत मन्तब्यबाट सुरु भएको कृति विमोजन कार्यक्रममा पत्रकार पूर्णलाल चुके, प्राध्यापक डा. जनार्दन आचार्यले विचार राखेका थिए । कार्यक्रममा साहित्यकारहरु महानन्द ढकाल, सुमित्रा न्यौपाने , दिला शाह, अमृत ढकाल निर्जन, पुष्कर रिजाल, वीपी अस्तु लगायत दुई दर्जन साहित्यकारले आचार्यको जन्मदिनको शुभकामना दिएका थिए ।

Previous articleदाङलाई प्रादेशीक राजधानी बनाउने प्रस्तावको दाङ काँग्रेसद्वारा स्वागत
Next articleप्रदेशसभामा नेपाली काँग्रेसका सभासदले गरेको तोड्फोड अमर्यादितः नेकपा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here