दैलेखका कोरोना संक्रमितको शिक्षण अस्पताल कोहलपुरमा मृत्यु

फाइल फोटो ।

बाँके, १८ असोज ।
कोरोना संक्रमणबाट नारायण नगरपालिका–८, दैलेखका ५१ बर्षिय पुरुषको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिए पछि परिवारका सदस्यले आइतवार विहान १२ः४५ बजे शिक्षण अस्पताल कोहलपुरमा ल्याए पनि उनको दिउँसो १ः३५ बजे मृत्यु भएको श्रेष्ठले बताए । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनको पेटको आन्द्रा फुटेको र दैलेखमा उपचार सम्भव नभएपछि मेडिकल कलेजमा उपचारका लागि ल्याएको अस्पताललाई उदृढ गर्दै श्रेष्ठले जानकारी दिए । योसँग बाहिरी जिल्लाबाट बाँकेका विभिन्न अस्पतालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १० पुगेको छ ।

Previous articleकञ्चनपुरकी २९ बर्षिया कोरोना संक्रमित महिलाको कोहलपुरमा मृत्यु
Next articleसिम्लाको भाडा भारु तीन हजार र चण्डीगढको दुई हजार निर्धारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here