दाङलाई प्रादेशीक राजधानी बनाउने प्रस्तावको दाङ काँग्रेसद्वारा स्वागत

बाँके, १८ असोज ।
स्थायी राजधानीको माग गर्दै नेपाली कांग्रेस, रुपन्देहीले आन्दोलन थाले पनि दाङ कांग्रेसले प्रादेशीक राजधानीको निर्णयलाई औपचारिक रुपमा स्वागत गरेको छ । प्रदेश ५ सरकारले स्थायी राजधानी दाङको देउखुरीमा प्रस्ताव गर्दै संसदमा दर्ता गरेको प्रति नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले सरकारलाई धन्यवाद ज्ञापन दिँदै निर्णयको स्वागत गरेको हा े।
नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेले एक विज्ञप्ती जारी गरि एशियाको दोस्रो ठूलो उपत्यका दाङ देउखुरीमा प्रादेशीक राजधानी बनाउने प्रदेश ५ सरकारले गरेको निर्णयका स्वागत गर्दै धन्यवाद ज्ञापन गरेका छन् । सरकारले विवेक पूर्ण ढंगले निर्णय गरेको छ । यसको हामी स्वागत गर्न चाहन्छौं’ विज्ञप्तिमा भनिएको छ, संसदमा दर्ता भएको प्रस्तावलाई सांसदहरुले न्यायपूर्ण तरिकाले मतदान गरी संसदबाट सर्वसम्मत अनुमोदन गर्नुहुने छ भन्ने विश्वास लिएका छौँ।’

Previous articleसिम्लाको भाडा भारु तीन हजार र चण्डीगढको दुई हजार निर्धारण
Next articleआचार्यद्वारा लिखित ‘सँप रजुवा’ बट्कोही विमोचन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here