बाँके, १८ असोज ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । महेन्द्रनगर नगरपालिका–२, कञ्चनपुरकी २९ बर्षिया महिलाको आइतवार विहान ४ः३० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
उनमा गर्भावस्थादेखि रक्तश्राव, सुत्केरी पछिको रक्तश्राव भई कोरोना संक्रमण भएको श्रेष्ठले बताए । उनको १३ असोजमा स्वाब संकलन भएको र सोही दिन कोरोना पुष्टि भएको थियो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई १५ असोजका दिन नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा भर्ना गरिएको थियो । यसअघि बाहिरी जिल्लाका उपचारका क्रममा बाँकेका विभिन्न अस्पतालमा आठ जनाको मृत्यु भइसकेको छ ।