नेपालगन्जका ६० बर्षिय कोरोना संक्रमित पुरुषको मृत्यु

बाँके, १७ असोज ।
कोरोना संक्रमणबाट बाँकेमा थप एक पुरुषको मृत्यु भएको छ । बाँसी गाउँपालिका–९, दैलेख घर भई १९ बर्षदेखि नेपालगन्ज उपमहानगरपालिका–१२, कोरियनपुर बस्दै आएका ६० बर्षिय कोरोना संक्रमित पुरुषको शनिवार बेलुकी मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालको कोभिड वार्डमा उपचाररत् ति पुरुषको शनिवार बेलुकी ५ः५६ बजे मृत्यु भएको श्रेष्ठले बताए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई विहीबार भेरी अस्पताल ल्याइएको थियो । कोरोना संक्रमणको आशंकामा १५ असोजमा उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी उच्च रक्तचाप, मधुमेह र मुटु सम्वन्धित रोगबाट पीडित थिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Previous articleप्रदेश नं. ५ को राजधानी दाङ र नाम लुम्बिनी हुने पक्का
Next articleबुटवलमा चारदिन निषेधाज्ञा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here