साढे चार ग्राम ब्राउन सुगरसहित दुई पक्राउ

बाँके, १३ असोज ।
बाँके प्रहरीले लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको टोलीले नेपालगन्ज उपमहानगरपालिका–४, बसपार्कका २३ बर्षिय मोहम्मद जुनेद हलुवाई र बढैयाताल गाउँपालिका–३, बर्दियाका २७ बर्षिय सपना पुनलाई चार ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।
उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका–१२, बेलासपुरबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । प्लाष्टिकको ६ वटा पुडिया बनाई राखेको ४ ग्राम पाँच सय मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरि आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको बाँके प्रहरीले जनाएको छ ।

Previous articleमंगलवार विहान दुई कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १५ पुग्यो
Next articleप्रदेश नं. ५ को राजधानी दाङ र नाम लुम्बिनी हुने पक्का

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here