जाजरकोटकी कोरोना संक्रमित महिलाको अस्पताल ल्याउँदै गर्दा मृत्यु

बाँके, १२ असोज ।
जाजरकोटकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा बाँकेमा मृत्यु भएको छ । होम आइसोलेशनमा बसेकी जुनीचाँदे गाविस–५ की ७६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण सोमवार दिउँसो मृत्यु भएको हो ।
आइसोलेसनमा रहेका बेला स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुर ल्याउने क्रममा अस्पताल पुग्नै लाग्दा बाटोमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
उनको ६ असोजमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । ति महिलाका विगत केही दिनदेखि पित्त थैलीमा समस्या देखिएको थियो । बाँकेका प्रमुख जिल्ला अधिकार रामबहादुर कुरुम्बाङको समन्वयमा मृतक महिलाको शव व्यवस्थापनका लागि प्रक्रिया अघि बढाइएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका सात जनाको मृत्यु भएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए ।

Previous articleप्लाज्मा दिएका कोरोना संक्रमितको मृत्यु, बाँकेमा मृतकको संख्या १३ पुग्यो
Next articleसोमवार बाँकेमा ३९ जनामा कोरोना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here