भेरी अस्पतालमा दरवन्दी छ, चिकित्सक छैनन्

बाँके, १० असोज ।
दरबन्दी अनुसारको चिकित्सक नहुँदा सरकारी नीति अनुसारको गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको भेरी अस्पतालले जनाएको छ । साविक मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको रेफरल अस्पतालको रुपमा रहेको भेरी अस्पतालमा दरबन्दी अनुसार २२ जना चिकित्सकको पदपूर्ती नहुँदा सरकारको नीति अनुसारको स्वास्थ्य सेवा दिन नसकेको अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए ।
उनले स्थायी तर्फ १८ र करारतर्फ १७ चिकित्सकको दरवन्दी रिक्त रहेको बताए । उनले डर्मा विभाग तर्फ ११ औँ तहका एक तथा नवौँ र दसौँ तहका दुई जना चिकित्सकको दरवन्दी भए पनि अहिलेसम्म चिकित्सक नआएको बताए । त्यसैगरि, अटोरिन विभाग तर्फ ११ औँ तहका एक तथा नवौँ र दसौँ तहका दुई जना दरवन्दी भए पनि चिकित्सक नभएको स्पष्ट पारे ।
जनरल डेन्टिस्ट तर्फ नवौँ र दसौँ तहका एक चिकित्कको दरवन्दी भए पनि उक्त पद पनि खाली छ । डेन्टिस्ट तर्फ आठौँ तहको एउटा कोटामा दुई जना कार्यरत रहेको अध्यक्ष धितालको भनाई छ ।
प्याथालोजी विभागतर्फ पनि दरवन्दी अनुसारका विशेषज्ञ प्राविधिक नभएको अस्पतालले जनाएको छ । प्याथालोजिष्ट तर्फ नवौँ र दसौँ तहका दुई जना प्राविधिकको दरवन्दी भए पनि उक्त पद पनि खाली रहेको छ । अध्यक्ष धितालले एनेस्थेसियातर्फ नवौँ र दसौँ तहमा पनि दुई जनाको दरवन्दी भए पनि एक जनामात्र कार्यरत रहेको बताए । अस्पतालमा नवौँ र दसौँ तहका मेडिकल ल्याब टेक्निसियनको दरवन्दी पनि खाली छ ।
करार दरवन्दीमा पनि पूरा छैनन् चिकित्सक
भेरी अस्पतालमा करारका चिकित्सकको दरवन्दी पनि खाली छ । ११ औँ तहमा एक जना जनरल हेल्थ सहायकको दरवन्दी भए पनि उक्त पद खाली छ । भने, आठौँ तहमा आठ जना जना जनरल हेल्थ सहायकको दरवन्दी भए पनि अहिलेसम्म नौँ जनामात्र कार्यरत रहेको अध्यक्ष धितालले बताए ।
उनले अप्स–गाइने तर्फ ११ औँ तहका एक जना चिकित्सकको दरवन्दी भए पनि उक्त पद पनि खाली रहेको बताए । त्यसैगरि, नवौँ र दसौँ तहमा दुई सिटमा एक जनामात्र कार्यरत छन् । पिडिया र रेडियो लोजिष्टतर्फ एक–एक जनाको दरवन्दी भए पनि अहिलेसम्म दुवै पद रिक्त रहेको उनले बताए । पिडियातर्फ नवौँ र दसौँ तहमा आठ जनाको दरवन्दी रहे पनि हाल एक जनामात्र कार्यरत छन् ।
अध्यक्ष धितालका अनुसार, मेडिसिन विभागतर्फ ११ औँ तहका दुई जनाको दरवन्दी भए पनि हाल उक्त पनि रिक्त रहेको छ । नवौँ र दसौँ तहका आठ पद मध्ये सात पद रिक्त रहेको छ ।
सर्जरीतर्फ ११ औँ तहको दुई दरवन्दी पनि खाली छ । भने, नवौँ र दसौँ तहको आठ मध्ये दुई पदमा मात्र कर्मचारी कार्यरत छन् । ‘करार सेवा तर्फ ११ औँ तहको आठ वटा दरवन्दी पूरै रिक्त छ । नवौँ र दसौँ तहको २२ पद मध्ये चार पदमात्र पुर्ती भएको देखिन्छ । आठौँ तहमा १३ वटा दरवन्दी भए पनि नौँ जनामात्र कार्यरत छन्,’ अध्यक्ष धितालले भने ।

Previous articleकोरोना कहरः ७६ हजार नेपाली भित्रिए, ३८ हजार भारतीय फर्किए, २२ हजार नेपाली कामका लागि भारत गए
Next articleबबई बहुमुखी क्याम्पस प्रमुख अग्रवालको कोरोनाका कारण मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here