बाँके, १० असोज ।
बर्दियाको गुलरियास्थित बबई बहुमुखी क्याम्पसका प्रमुख ५२ बर्षिय बिनोद अग्रवालको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो । रुघाखोकी, ज्वरो र स्वास प्रस्वासमा समस्या देखिएपछि परिवारका सदस्यले उनलाई अस्पताल भर्ना गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले आफ्नो फेसबुकमा स्ट्याटस लेख्दै बर्दियाका ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले पनि कोभिड आइसोलेसन जाने क्रममा अस्पताल गेट छिर्नै लाग्दा बबई क्याम्पस बर्दियाका चिफ मेरो आदरणीय गुरूको कोरोनाका कारण दुःखद निधन भएको बताएका छन् ।