कोभिड वार्ड संचालनका लागि भेरी प्राविधिक शिक्षालयले दियो ६५ हजार

बाँके, ७ असोज ।
कोभिड वार्ड संचालनका लागि बाँकेका विभिन्न सरकारी, अर्धसरकारी, बैँक तथा वित्तिय र शैक्षिक संस्थामा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने क्रम जारी छ । भेरी प्राविधिक शिक्षालय (विटिएस) मा कार्यरत कर्मचारीले विहीवार भेरी अस्पतालमा स्थापना भएको कोभिड वार्ड संचालनमा सहयोग पु¥याउन रकम प्रदान गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
भेरी प्राविधिक शिक्षालयका कर्मचारीले एक दिनको तलवबाट जम्मा भएको ६५ हजार ३५३ रुपैँया प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ मार्फत भेरी अस्पताल बिकास सिमितिको खातामा जम्मा गरेका छन् ।

Previous articleसुरक्षाको अग्रपंतिमा खटिने नेपालगन्जका कोरोना संक्रमित प्रहरीले कोरोनालाई कसरी जिते ? उनको भनुभव कस्तो छ ?
Next articleकोरोनाबाट मृत्यु भएका पुरुषको धार्मिक संस्कार अनुसार अत्यष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here