९ असोजदेखि पाँच दिनका लागि बारबर्दिया नगरपालिका सिल

बर्दिया, ८ असोज ।
बारबर्दिया नगरपालिका पाँच दिनका लागि सिल हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ९ असोजदेखि लागू हुने गरि पाँच दिनका लागि नगरपालिकाको सवै वडा सिल गर्न लागिएको मेयर दुर्गा चौधरी (कविर) ले जानकारी दिए ।
एकै दिन ११ जनामा कोरोना पुष्टि भएपछि नगरका ११ वटै वडा पाँच दिनका लागि सिल गर्न लागिएको उनको भनाई छ । पहिलो चरणमा पाँच दिन सिल गर्ने र त्यसपछि अवस्था हेरेर सिल गर्ने, नगर्ने निर्णय लिइने छ,’ मेयर कविरले भने ।
उनले कोरोना नियन्त्रणका लागि विशेष योजना बनाएर अघि बढेको समेत बताए । उनले पाँच दिनसम्म नगरभित्रका सम्पूर्ण पसल, कलकारखाना, उद्योग, यातायात बन्द रहने बताए । पाँच दिनसम्म घरबाट बाहिर ननिस्कन भनेका छौँ । पसल बन्द हुने भएकोले आवश्यक सामग्री खरिदका गर्न माइकिङ र चौकीदारलाई हाक पार्न लगाएका छौँ,’ उनले भने ।
७ असोजमा बर्दियाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस मध्ये बारबर्दिया नगरपालिकाका ११ र गुलरियाका १० जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
नेपालगन्जस्थित भेरी अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका–६ का नौँ र वडा नं. ३ का दुई जनामा कोरोना पुष्टि भएको थियो । त्यस्तै, गुलरिया नगरपालिका–५ का तीन, वडा नं. ९ का दुई र वडा नं. २, ७, ८ र १० का एक–एक जनामा कोरोना पुष्टि भएको थियो । यो सँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १६ पुगेको छ ।
बुधबार, गुलरियावाट स्वाब संकलन भएका मधुवन नगरपालिका–४ का एक २८ बर्षिय पुरुष र भेरी अस्पताल नेपालगन्जमा गेरुवा गाउँपालिका–५, का एक पुरुषमा समेत संक्रमण पुष्टि भएको थियो ।

Previous article२८ सिसि कोरेक्स र सुर्तीजन्य पदार्थसहित दुई जना पक्राउ
Next articleसुरक्षाको अग्रपंतिमा खटिने नेपालगन्जका कोरोना संक्रमित प्रहरीले कोरोनालाई कसरी जिते ? उनको भनुभव कस्तो छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here