बाँके, ७ असोज ।
बाँकेमा कोरोनालाई जितेर ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किदै छन् । जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा बसेर स्वास्थ्य लाभ गरिरहेका ७३ जना कोरोना संक्रमित निको भएर आज बुधवार घर फर्किन लागेका हुन् ।
योसँगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या एक हजार तीन सय ३७ पुगेको छ । अहिले जिल्लाका विभिन्न आइसोलेसन तथा होमआइसोलेशनमा अझैं तीन सय २६ जना संक्रमितले स्वास्थ्य लाभ गरिरहेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन समितिका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । बाँकेमा संक्रमितको संख्या एक हजार ६ सय ७४ पुगेको छ ।