बाँके, ६ असोज ।
बाँकेमा थप एक कोरोना संक्रमितको मंगलवार मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बर्दियाका पुरुष कोरोना संक्रमितको मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
ठाकुरबाबा नगरपालिकाका, बर्दियाका ६४ वर्षिय कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको उनले बताए । कोरोना पोजेटिभ ति पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो ।
