बाँके, ६ असोज ।
नेपालगन्जस्थित भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापालाई पनि कोरोना संक्रमण भएको छ । विरामीको उपचार र व्यवस्थापनमा अहोरात्र खटिएका उनलाई कोरोना भएको मंगलवार पुष्टि भएको हो ।
रुघाखोकी र ज्वरो आएपछि कोरोना जाँच गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनले ज्वरो र रुघाखोकी लागे पनि आफ्नो स्वास्थ्य अवस्था राम्रो भएको जनाएका छन् । मेरो स्वास्थ्य अवस्था राम्रो छ । ‘चाँडै निको भएर पुनः विरामीको उपचार, रेखदेख र अस्पताल ब्यवस्थापनमा खटिनेछु,’ डा. थापाले भनेका छन् ।
कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहेकोले यसबाट जोगिन उनले सचेत गराएका छन् । उनले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सबैसँग अपिल गरेका छन् ।