बाँके युनेस्को क्लवका चार जना उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित

बाँके, ५ असोज ।
बाँके युनेस्को क्लवले चार जना कर्मचारीलाई बर्षको उत्कृष्ट कर्मचारीको रुपमा आफ्नो ३१ औं वार्षिक साधारणसभाका बेला उत्कृष्ट काम गर्ने चार जना कर्मचारीलाई सम्मान गरेको क्लवले जनाएको छ ।
बर्षको उत्कृष्ठ कर्मचारी घोषणा भई सम्मानित हुनेहरुमा क्लबका कार्यकारी निर्देशक रवी तुलाधार, वित्त प्रमुख बेदप्रकाश शर्मा, कार्यक्रम अधिकृत अनुप बर्मा र संगीता रिजाल रहेका छन् ।
सो अवसरमा कोभिड–१९ को नियन्त्रणका लागि सहयोग गर्ने क्लबका कर्मचारी र कार्यसमितिका ४० जनालाई प्रशंसा पत्र प्रदान गरिएको क्लवका अध्यक्ष राजेन्द्र चौधरीले बताए । उनका अनुसार, क्वलवलाई आर्थिक सहयोग गर्ने प्लान इन्टरनेसनल नेपाल, कतार च्यारेटी, इस्लामिक रिलिफ, एसओएस युवालय लगायतलाई कदरपत्र प्रदान गरिएको थियो ।
साधारणसभाका अवसरमा क्लबका अध्यक्ष चौधरीले बाँके र बर्दियाका १६ वटै स्थानीय तहमा युथ र चाइल्ड एम्बेसडर नियुक्त गरेर उनीहरु मार्फत दुबै जिल्लाका सबै पालिकामा क्लबका कामहरुमा सहयोग लिइने घोषणा गरे ।
साधारणसभाको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शमशेर राणाले कोभिड–१९ महामारी नियन्त्रणका लागि क्लवले खेलेको भुमिका सह्रानिय रहेको बताए । तिन दशकदेखि सामाजिक कार्यमा सक्रिय क्लबले बाँकेकको विपन्न र पिछडिएका समुदायको शैक्षिक, आर्थिक र सामाजिक विकाससंगै थुप्रै चेतनामूलक कार्यक्रमहरु गरेको बताए ।
क्लबका संस्थापक अध्यक्ष तथा संरक्षक प्रवेज अली सिद्दिकीले कोभिड–१९ को नियन्त्रणका लागि क्लबका कर्मचारी र कार्यसमिति सदस्यहरु लगायत दातृ निकायले खेलेको भूमिका अतिनै सह्रानीय रहेको बताए । उनले अझैपनि सो प्रयासलाई जारी राख्नु पर्नेमा जोड दिए ।
क्लबका अध्यक्ष राजेन्द्र चौधरीको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा प्रारम्भिक कक्षा पढाई कार्यक्रमका क्षेत्रीय प्राविधिक संयोजक उपेन्द्र भण्डारी, बाँके जिल्ला बाल क्लब संजालका अध्यक्ष मेनुका रावत, डायमण्ड युथ क्लब राजापुर बर्दियाका सचिव जिवनराज सुवेदी, युथ क्लब संजाल बाँकेका सदस्य अन्जना चतुर्वेदी लगायतले शुभकामना दिएका थिए ।

Previous articleलकडाउन हटेपछि बढ्यो तरकारीको मूल्य, महंगियो भान्छा
Next articleअनसनरत डा. केसी दिउँसो नेपालगन्जबाट काठ्माडौँ फर्किए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here