एक सय ९७ जनालाई निको बनाएको बाँकेको पहिलो कोरोना बिशेष अस्पताल बन्द

बाँके, ३ असोज
एक सय ९७ जना कोरोना संक्रमितलाई निको बनाएको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताल शनिवारबाट बन्द भएको छ । क्यान्सर रोगका बिरामीको उपचार गर्न कोरोना विशेष अस्पताल बन्द गरिएको अस्पतालका निर्देशक डा. कृष्णप्रसाद आचार्यले बताए ।
प्रदेश ५ सरकारले क्यान्सर अस्पताललाई गत बैशाखदेखि कोरोना बिशेष आइसोलेसन अस्पतालका रुपमा स्थापना गरेको थियो । उक्त कोरोना अस्पतालमा दुई बेड भ्यान्टिलेटर, ६ बेड आइसियुसहित ५० बेड ब्यवस्था गरिएको थियो । क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष आइसोलेसन अस्पताललाई बन्द भएसँगै त्यहाँबाट पाउने सेवा नेपालगन्जस्थित भेरी अस्पतालले दिन थालेको छ ।
कोरोना संक्रमणका बेला क्यान्सरका बिरामीलाई पनि सेवा दिनुपर्ने भएकाले कोरोना अस्पतालको बिकल्प तयार भएपछि क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष अस्पताल बन्द गरिएको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष भक्तबहादुर केसीले बताए । उनले क्यान्सर रोग भएका विरामीलाई कोरोना संक्रमात्र भएमा क्यान्स अस्पतालमा राखेर उपचार गरिने बताए ।
१९ बैशाखमा बाँकेका पहिलो कोरोना संक्रमित ६० बर्षिय पुरुषलाई आइसोलेसनमा राखेर पहिलो सेवा दिइएको थियो । उक्त आइसोलेसनले ३ असोजसम्म एक सय ९७ जना कोरोना संक्रमितलाई सेवा दिएको प्रखर क्यान्सर अस्पतालका डा. प्रबिण गुप्ताले जानकारी दिए ।
उनले ३ असोजमा कोरोना जितेर २२ जना संक्रमित घर फर्किएको बताए । ‘क्यान्सरका विरामीको उपचार गर्नेगरि कोरोना बिशेष अस्पताल बन्द गरिएको छ,’ डा. गुप्ताले भने ।

Previous articleभेरी अस्पतालका प्रमुख डा. थापा र स्वास्थ्यका अधिकृत श्रेष्ठलाई प्रवल जनसेवा श्रीपदक
Next articleकोरोना संक्रमणबाट बाँकेमा थप एकको मृत्यु, मृतकको संख्या १० पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here