बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

बाँके, १ असोज ।
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ४५ बर्षिय पुरुषको विहीवार बेलुकी ५ः१० बजे मृत्यु भएपछि मृत्यु हुनेको संख्या ९ पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार, स्वास प्रस्वासमा समस्या देखिएपछि उनलाई २९ भदौँमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरिएको थियो । कोरोना आशंकामा स्वाब संकलन गरिएकामा ३१ भदौँमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको उनले बताए ।
मेडिकल कलेजमा उपचार सम्भव नभएपछि उनलाई बुधबार भेरी अस्पतालको कोभिड विशेष अस्पतालमा भर्ना गरिएको थियो । भेन्टिलेटर सहितको उपचारका क्रममा ति पुरुषको मृत्यु भएको भेरी अस्पतालमा स्थापना गरिएको कोरोना विशेष अस्पतालका ब्यवस्थापक डा. श्यामसुन्दर यादवले बताए ।
उनको दुबै फोक्सोमा निमोनिया भएको डा. यादवले जानकारी दिए ।
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । यहाँ कोरोना संक्रमितको संख्या एक हजार पाँच सय ४६ रहेको छ । जस मध्ये एक हजार एक सय ३२ जना डिस्चार्ज भइसकेका छन् । भने, चार सय ६ जना आइसोलेसनमा छन् ।

Previous articleनेपालगन्ज बसपार्कमा बढ्यो चहलपहल, बस संचालनका लागि मर्मत, सम्भार गर्दै यातायात ब्यवसायी (फोटो फिचर)
Next articleनेशनल लाइफ इन्स्योरेन्सको एजेन्सी कार्यालय नेपालगन्जमा स्थापना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here