नेपालगन्ज बसपार्कमा बढ्यो चहलपहल, बस संचालनका लागि मर्मत, सम्भार गर्दै यातायात ब्यवसायी (फोटो फिचर)

बस संचालनका लागि नेपालगन्ज बसपार्कमा गाडी मर्मत गर्दै बसधनी । फोटोः गोचाली खवर

बाँके, १ असोज ।
झण्डै ६ महिनादेखि बन्द रहेको नेपालगन्ज बसपार्कमा १ आसोज विहानैदेखि निकै चहलपहल देखियो । सरकारले १ असोजबाट लामो दूरीका यातायात संचालन गर्ने निर्णय गरेपछि खुसी भएका यातायात ब्यवसायीहरु विहानैदेखि आ–आफ्नो बसको मर्मत, सम्भार गर्न ब्यस्त थिए । नेपालगन्ज–जुम्ला संचालन हुने बस धनी मदन विष्ट पनि आफ्नो बस मर्मत, सम्भार गरिरहेको भेटिए ।
असोजबाट बस संचालन गर्ने योजना बनाएका उनले सरकारको निर्णयले केहि राहत मिलेको बताए । १ असोजमा विश्वकर्मा पूजा परेकोले २ असोजबाट मात्र बस संचालनमा ल्याउने बताए । ‘आज गाडीको मर्मत, सम्भार र विश्वकर्माको पूजा गरि शुक्रवारबाट नियमित रुपमा बस संचालनमा चलाउँछौँ,’ बिष्टले भने ।


लामो दूरीका यातायात संचालनमा आउने भएपछि धेरै राहत मिलेको अर्का बस धनी महेन्द्र विकले बताए । उनले अव खान पाउने आशा जागेको बताए । लामो समयसम्म बस संचालन नहुँदा एक छाक टार्न मुस्किल परेको उनको भनाई छ । यतिदिन साहुजीले पत्याएर उधारो दिए । ‘अव त पत्याउन पनि छाड्न लागिसकेका छन् । बस संचालन हुने भएपछि आशा पलाएको छ,’ उनले भने ।


नेपालगन्ज–काँकडभिट्टा चल्ने बसका सह–चालक विशाल थापाले पनि लामो दूरीको बस संचालन गर्न दिने सरकारको निर्णयले राहत मिलेको बताए । उनले लामो समयदेखि बेरोजगार भएको बताए । ‘बेरोजगार भएर भोको बस्नु हो की भन्ने थियो । अव भात खान पाइन्छ की भन्ने भएको छ,’ उनले भने ।
नेपालगन्ज बसपार्क ब्यवस्थापन समितिले आ–आफ्नो सवारी साधन आ–आफ्नो रुटमा लगाउन निर्देशन दिइसकेको छ ।

https://gochalikhabar.com/2020/09/15/लामो-दुरीका-यातायात-र-हवा/

Previous articleहट्यो शुक्रवार र शनिवारको निषेधाज्ञा
Next articleबाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुग्यो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here