३९ हजार नमुना स्वाब परीक्षण गर्दा २ हजार ३९ जनामा कोरोना पुष्टि

बाँके, ३० भाद्र ।
नेपालगन्जस्थित भेरी अस्पतालको पिसिआर ल्याबमा ३९ हजार नमुना स्वाब परीक्षण गर्दा दुई हजार ९३ जना कोरोना संक्रमित फेला परेका छन् । अस्पतालका अनुसार, ल्याबलाई प्राप्त मध्ये १४० नमुना स्वाब परीक्षण गर्न बाँकी रहेको छ ।
गत २४ घण्टामा गरिएको स्वाब परीक्षणमा ४२ जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । ति मध्ये दुई जना बर्दियाका छन् ।
मंगलवार फेलार परेका संक्रमित मध्ये ९ जना नेपालगन्ज उपमहानगरपालिका–९ का भएको अस्पतालले जनाएको छ । त्यसैगरि, नेपालगन्ज उपमहानगरपालिका–१८ का सात, नेपालगन्ज उपमहानगरपालिका–१० का पाँच र जिल्ला प्रहरी कार्यालय, बाँकेका ६ जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ ।
मंगलवार पुष्टि भएका मध्ये १३ जना महिला छन् । भने, १२ बर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको अस्पतालले जारी गरेको रिपोर्टमा उल्लेख छ ।

Previous articleकरदाताको सुविधाका लागि संघको कार्यालयमा परामर्श केन्द्र संचालन
Next articleलामो दुरीका यातायात र हवाई उडान १ असोजबाट गर्न दिने सरकारको निर्णय

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here