बाँके, २५ भाद्र ।
लकडाउन र निषेधाज्ञाले ब्यापार ब्यवसाय चौपट भएको भन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले १ असोजदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन बाँके प्रशासनसँग माग गरेको छ । उपभोग्य एवम् अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै लकडाउन र निषेधाज्ञा हटाउन माग गर्ने निर्णय गरेको संघका महासचिव चिरञ्जीवी ओलीले बताए ।
बिहीवार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको कार्यसमिति बैठकबाट कोरोना भाइरस नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा १ असोजबाट हटाउन माग गरेको उनले बताए । साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्न नसकिने अवस्था छ,’ ओलीले भने ।
संघले शुक्रवार र शनिवार हुँदै आएको निषेधाज्ञा हटाउने विषयमा पनि पुनर्विचार गर्न माग गरेको ओलीले बताए ।