भेरी अस्पतालमा कोरोना विशेष अस्पताल संचालन

बाँके, २५ भाद्र ।
कोरोना संक्रमण भई स्वास्थ्यमा जटिल समस्या भएका विरामीको प्लाज्मा थेरापी विधिबाट उपचार गर्ने अनुमति पाएको नेपालगञ्जस्थित भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल संचालनमा आएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सांसद आइपी खरेल र बिजयबहादुर यादवको उपस्थितिमा कोरोना बिशेष अस्पतालको उद्घाटनपछि विहीबारदेखि सञ्चालनमा आएको हो ।
उक्त कोरोना विशेष अस्पतालमा ८ आइसियु बेडसहित ७२ बेड ब्यवस्था गरिएको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोदकुमार धितालले बताए । सुरुवातमा ७२ बेडबाट अस्पताल संचालन गरिएपनि सय बेड पु¥याइने उनले बताए ।
खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा स्थापना गरिएको कोरोना बिशेष अस्पतालमा बेड अभाव तथा दिगो व्यवस्थापनमा समस्या देखिएपछि भेरी अस्पतालमा कोरोना बिशेष अस्पताल बनाइएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
बाँकेमा क्यान्सर अस्पताल खजुरा, कृषि तालिम केन्द्र खजुरा, लायन्स डेन्टल अस्पताल नेपालगन्ज, कृृषि विकास बैंक तालिम केन्द्र पिपरीलाई आइसोलेशन सेन्टर बनाइएको छ ।

Previous articleबाँकेमा एकैदिन ७२ जनामा कोरोना पुष्टि, अस्पतालमा उपचाररत विरामीमा पनि कोरोना संक्रमण
Next articleलकडाउन र निषेधाज्ञा हटाउन उद्योग बाणिज्य संघको माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here