नेपालगन्ज मेडिकल कलेजका ३० जनाले गरे रक्तदान

बाँके, २४ भाद्र ।
लर्ड बुद्ध एजुकेशन एकेडेमी लि. नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन प्रतिष्ठान स्तर केन्द्रीय कमिटी नेपालगन्जले आयोजना गरेको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । “रक्तदान जीवनदान” अभिप्रायले संकलन गरिएको रगत दुर्गम क्षेत्र तथा सुत्केरी महिलालाई प्रदान गरिने युनियनका अध्यक्ष मुनीर खाँले बताए ।
संकलन गरिएको रगत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचाररत विरामी र सुत्केरीका लागि उपयोगी हुने लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि. का प्रवन्ध संचालक सुरेशकुमार कनोडियाले बताए । उनले रगतले अर्काको ज्यान जोगिने भएकोले “रक्तदान जीवनदान” भएको बताए ।
कार्यक्रममा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतले रक्तदान गरेको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका उपाध्यक्ष रईस शाहीले बताए ।
कर्मचारी युनियनका सचिव अनिता थापाले सहजीकरण गरेको कार्यक्रममा टी.एन. रावत, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कर्मचारी संगठन कोहलपुरका सभापति कुश्माखर बस्याल, उपसभापति मुस्लिम खान, महिला उपसभापति सुमन गिरी, महासचिव रत्ना गिरी, कर्मचारी संगठन विभागीय अध्यक्ष अशोक कुमार दीक्षित, कर्मचारी संघ केन्द्रीय कमिटीका अध्यक्ष यमबहादुर खडका, उपभापति डा. पंकज कुमार गुप्ता, विभागीय अध्यक्ष चन्द्रनारायण मण्डल, सचिव विजय कुमार त्रिपाठी, प्रदेश ५ का सचिवालय सदस्य अब्दुल हुसेन खाँ, अस्पताल मेट्रोन ममता शर्मा, फिजिसियन डा. सुभाष योगी, नवजात तथा बालरोग विशेषज्ञ डा. पियुष कुमार कानोडिया लगायतको सहभागिता रहेको थियो ।

Previous articleबाँकेमा मापसे जाँचः फोटोसहित रेकर्ड हुने ब्रेथलाइजर मेसिन प्रयोगको तयारी
Next articleराप्तीसोनारीका पौडेल भए यसवर्षको सर्वोत्कृष्ट कर्मचारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here