कोरोना संक्रमित नेपालगन्जकी ८० बर्षिया महिलाको मृत्यु

फाईल फोटो ।

बाँके, २३ भाद्र ।
नेपालगन्ज उमहानगरपालिका–१६, बाँकेका ८० बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिय भएकी उनको मंगलवार विहान ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । यो सँगै कोरोना संक्रमण भई मृत्यू हुनेको संख्या बाँकेमा ८ पुगेको छ ।
मृतकका आफन्तले उनलाई २१ भाद्र दिउँसो सवा ३ बजे नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा उपचारका लागि भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि २२ भाद्र विहान ८ बजे पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको थियो । भेरी अस्पतालको पिसिआर ल्याबमा कोरोना जाँच गर्दा उनमा कोरोना पुष्टि भएको उनले बताए । कोरोना पुष्टि नहुँदै उनको ति महिलाको मृत्यु भएको श्रेष्ठले बताए ।
यसैवीच, मंगलवार विहान अर्घाखाँचीका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको शीतगंगा नगरपालिका–१२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा आज मंगलबार बिहान ९ः२० बजे मृत्यु भएको हो ।
टिप्पर दुर्घटनामा घाइते भएका उनमा कोरोना संक्रमण देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो । मृतक टिप्पर चालक हुन् । उनी गत २७ साउनमा दुर्घटनामा परेका थिए । घाइते उनलाई उपचारका लागि ४ भदौमा युनिभर्सल मेडिकल कलेज भैरहवामा भर्ना गरिएको थियो ।
उनको ५ भदौमा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । थप उपचारका लागि उनलाई ११ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो । सिभियर निमोनिया रहेका ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार गरिएपनि मंगलबार बिहान एक्कासी स्वास्थ्यमा समस्या आएपछि बचाउन नसकिएको जनस्वास्थ्य कार्यालय बाँकेका अधिकृत श्रेष्ठले जानकारी दिए ।

Previous articleसुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सिल
Next articleअवैध केराउसहित तीन जना पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here