उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका एक सहित ३३ जनामा कोरोना

बाँके, २३ भाद्र ।
उच्च उदालत तुलसीपुर, नेपालगन्ज इजलासका एक जनासहित थप ३३ जनामा कोरोना संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पताल नेपालगन्जको प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा बाँकेका १४ जनामा कोरोना पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार, उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासका ५३ बर्षिय पुरुषमा कोरोना देखिएको छ । यसअघि उच्च अदालतमा कोरोना संक्रमण देखिएपछि सिल गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका थप १२ जनामा पनि कोरोना पुष्टि भएको छ । श्रेष्ठका अनुसार, नेपालगन्ज उपमहानगरपालिका–२ का ३३ र ६१ बर्षिय पुरुष ६१ बर्षिय महिला र वडा नं. १ का ३४ बर्षिय पुरुष तथा ३३ बर्षिया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यसैगरि, वडा नं. १० का ३८ र ४७ बर्षिय महिला, वडा नं. ४ का ४६ बर्षका दुई पुरुष, वडा नं. ७ का ३३ बर्षिय पुरुष, १८ का २१ बर्षिय पुरुष र वडा नं. १६ का ८० बर्षिया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
नरैनापुर गाउँपालिकाका ५९ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपलागन्ज प्रयोगशालाको रिर्पोट अनुसार बर्दियाका थप १४ जनामा कोरोना संक्रमण देखिएको छ । यी मध्ये अधिकांश बाँसगढीका संक्रमित हुन् ।
भेरी अस्पताल नेपालगन्जको रिर्पोट अनुसार नवलपरासीका २५ बर्षिय पुरुष, मोरङकी ३२ बर्षिया महिला, सिरहाका २५ बर्षिय पुरुष, सुनसरीका २७ र २९ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण भएको छ ।

Previous articleअवैध केराउसहित तीन जना पक्राउ
Next articleबाँकेमा मापसे जाँचः फोटोसहित रेकर्ड हुने ब्रेथलाइजर मेसिन प्रयोगको तयारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here