अवैध केराउसहित तीन जना पक्राउ

बाँके, २३ भाद्र ।
बाँके प्रहरीले अवैध केराउ सहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँके र प्रहरी चौकी बेतहनीबाट खटिएको प्रहरीले मंगलवार दिउँसो अवैध केराउसहित तीन जनालाई पक्राउ गरेको हो ।
अवैध रुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ३७५ किलाग्राम केराउ र ६ थान साइकल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए । उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए ।

Previous articleकोरोना संक्रमित नेपालगन्जकी ८० बर्षिया महिलाको मृत्यु
Next articleउच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलासका एक सहित ३३ जनामा कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here