सुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सिल

बाँके, २२ भाद्र ।
दुई चिकित्सकसहित १० जना कर्मचारीमा कोरोना पुष्टि भएपछि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल शील गरिएको छ । चिकित्सकसहित १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल शील गरिएको अस्पतालका प्रमुख विश्वराम पौडेलले बताए ।
उनका अनुसार, दुईजना चिकित्सक, तीनजना प्रशासन शाखाका कर्मचारी, एकजना नर्स र पाँचजना अस्पताल सहयोगीलाई संक्रमण देखिएको छ । यसअघि अस्पतालका सवारी चालकलाई पनि कोरोना पुष्टि भएको उनले बताए ।
अस्पतालका चिकित्सक, नर्स र अन्य कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अन्य चिकित्सिक, स्वास्थ्यकर्मी र कर्मचारी सेल्फ क्वारेन्टाइनमा बसेको पौडेलले बताए । अस्पतालमा ४२ जना कर्मचारी छन् । बाँकी सवैको पिसिआर जाँच गर्ने तयारी भएको उनको भनाई छ ।

Previous articleमेडिकल कलेज, कोहलपुरमा कोरोना संक्रमितको शल्यक्रिया
Next articleकोरोना संक्रमित नेपालगन्जकी ८० बर्षिया महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here