मेडिकल कलेज, कोहलपुरमा कोरोना संक्रमितको शल्यक्रिया

बाँके, २२ भाद्र ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले कोरोना संक्रमित ब्यक्तिको सफल शल्यक्रिया गरेको छ । भगवतीमाई गाउँपालिका–१, दैलेखका ३८ बर्षिय कोरोना संक्रमितको पेटको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ ।
ति कोराना संक्रमितको अल्सर बिग्रेर आन्द्रा फुटेको थियो । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले रेफर गरेका ति कोरोना संक्रमित विरामीको पेटको शल्यक्रिया सफल भएको अस्पतालले विज्ञप्ती मार्फत जनाएको छ । अस्पतालले ति विरामीको स्वास्थ्य अवस्था सुधारउन्मुख भएको जनाएको छ ।

Previous articleकोरोनाबाट जिन्सी सहायक घलेको मृत्युपछि कार्यालय चार दिन बन्द
Next articleसुशील कोइराला प्रखर क्यान्सर अस्पताल पनि सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here