कोरोनाबाट जिन्सी सहायक घलेको मृत्युपछि कार्यालय चार दिन बन्द

बाँके, २२ भाद्र ।
नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय चार दिन बन्द भएको छ । कार्यालयका जिन्सी सहायक युवराज विक्रम घलेको कोरोना संक्रमणका कारण मृत्यु भएपछि सोमबार शोक मनाउन कार्यालय बन्द गरिएको उपप्रमुख उमा थापा मगरले बताइन् ।
उनले मंगलबारदेखि तीन दिनसम्म कार्यालय सिल गर्ने निर्णय भएको जानकारी दिइन् । उपमहानगरपालिका कार्यालय आगामी आइतबारदेखि मात्र सुचारु हुने उनले स्पष्ट पारिन् । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाले घलेको निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताए । उनले शोक सन्तप्त परिवारमा सहानुभुति प्रकट गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा आइतबार राति ८ः३० बजे निधन भएको हो । उनी पाँच वर्षदेखि मधुमेह र मुटु रोगबाट पीडित थिए ।
उनको १२ भदौँमा स्वाब संकलन गरिएका र १५ भदौँमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । नेपालगन्जस्थित न्यू इन्द्रेणी होटलको आइसोलेसनमा बसिरहेका बेला स्वास्थ्यमा खरावी आएपछि १८ भदौँमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा स्थानान्तरण गरिएको थियो ।

Previous articleनागरिकता देखाएर आए, आधार कार्ड देखाएर फर्किए
Next articleमेडिकल कलेज, कोहलपुरमा कोरोना संक्रमितको शल्यक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here