जिल्ला अस्पताल, बर्दियामा पिसिआर विधिबाट कोरोना परीक्षणको तयारी सुरु

बाँके, १७ भाद्र ।
एक महिना भित्र जिल्ला अस्पताल, बर्दियामा आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण सुरु हुने भएको छ । आरटी–पिसिआर प्रयोगशाला निर्माण तथा संचालन ब्यवस्थापन समितिको मंगलवार बसेको बैठकले एक महिनाभित्र प्रयोगशाला संचालनमा ल्याउने निर्णय गरेको समितिका सदस्य तथा बार बर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर चौधरी (कवीर) ले जानकारी दिए ।
उनले पिसिआर मेसिन खरिदका लागि टेण्डर आह्वान गरिएको बताउँदै प्रयोगशाला निर्माणको काम पनि सुरु भइसकेको बताए । ‘मेसिन खरिदका लागि टेण्डर आह्वान गरिएको छ । ल्याबमा आवश्यक पर्ने संरचना निर्माणको काम पनि अगाडी बढिसकेको छ,’ उनले भने ।
उनले भेरी अस्पतालमा धेरै ठाउँबाट स्वाब आउने भएकोले परीक्षणमा केहि ढिलाई भएको महशुस भएको बताउँदै छिटो छरितोका लागि जिल्ला अस्पताल, बर्दियामा पिसिआर मेसिन जडान गर्न लागेको बताए । उनले पिसिआर मेसिन खरिदका लागि एक करोड विनियोजन गरिएको बताए ।
जिल्ला अस्पताल, बर्दियाका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुभाष पाण्डेले पनि अवको एक महिनाभित्र पिसिआर प्रयोगशाला संचालनमा ल्याउने गरि तयारी भइरहेको बताए । उनले ल्याबलाई आवश्यक पर्ने संचरना तयार गर्ने काम अगाडी बढिसकेको बताए । ‘मेसिन आउनासाथ संचालन गर्न आबश्यक संचरना निर्माणको काम महिलेबाट सुरु गरिसकेका छौँ,’ डा. पाण्डेले भने ।

Previous articleबोक्सीको आरोप लगाउने विरुद्ध आमनाले दिइन प्रहरीमा जाहेरी
Next articleभेरी अस्पतालमा कोरोना जाँच बापत अब शुल्क लाग्ने, शुल्क १८ भाद्रमा निर्धारण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here