बाँके, १६ भाद्र ।
नेपालगन्जबाट प्रकाशित हुने सदभाव दैनिक र सेतोखरी डटकमका सम्पादक दामोदर भण्डारीलाई पनि कोरोना संक्रमण भएको छ । सोमबार विहानदेखि उनलाई ज्वरो, रुघाखोकी र स्वास प्रस्वासमा समस्या देखिएपछि कोरोना जाँच गराउँदा उनमा कोरोना संक्रमण देखिएको हो ।
उनको छातीको एक्स–रेमा दाग देखिएपछि चिकित्सकले कोरोना जाँच गराउन सुझाएका थिए । मंगलवार विहान उनको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो ।
पत्रकार भण्डारीलाई १०२ डिग्रीसम्म ज्वरो आएको छ, भने श्वास प्रश्वासमा समस्या देखिएको चिकित्सकले जनाएका छन् । उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरमा उपचार भइरहेको छ ।
भण्डारीसहित बाँकेका चार जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । मेघराज ओली, खगेन्द्र दाहाल र कमल विके निर्मोही यसअघि नै निको भएर घर फर्किसकेका छन् ।
यसैवीच, भण्डारीसहित बाँकेका थप २४ जनामा कोरोना संक्रमण भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा बाँकेका २४ सहित ३३ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा एक हजार पाँच सय ८१ स्वाब परीक्षण गर्दा यी ब्यक्तिमा कोरोना देखिएको अस्पतालले जनाएको छ । मंगलबार नेपालगन्ज उपमहानगरपालिका–१० का ३३ र २५ बर्षिय पुरुष, ४२, ३०, ४५ र २१ बर्षिया महिलामा कोरोना पुष्टि भएका ेछ ।
यस्तै, नेपालगन्ज उपमहानगरपालिका–१२ की २३ र ४५ बर्षिया महिलामा पनि कोरोना देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ३७ बर्षिय पुरुष, जानकी गाउँपालिका–३ का १४ बर्षिय बालक र खजुरा गाउँपालिका–४ का ६० बर्षिय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालमा गरिएको पिसिआरमा ३३, ३०, ४६, २६, ३६, २४ र ३७ बर्षिय पुरुषमा कोरोना देखिएको छ । यी सवै जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हुन् । मंगलवार नै नविल बैंकका ३६ बर्षिय पुरुष, माछापुच्छ«े बैँकका २४ बर्षिय महिला र एनआइसी एसिया बैँकका २० बर्षिय महिलामा पनि कोरोना देखिएको छ । आन्तरिक राजस्व कार्यालयका २२ बर्षिय महिलालाई पनि कोरोना भएको छ ।
भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणमा गुलरिया नगरपालिका–६, बर्दियाका २० बर्षिय पुरुष र १४ बर्षिय बालिकालाई कोरोना भएको छ । भने, बर्दिया ठाकुरबाबा नगरपालिका–३ का ४० बर्षिय पुरुष र बारबर्दिया नगरपालिका–९ का २४ बर्षिय महिलालाई पनि कोरोना पुष्टि भएको छ ।
भेरी अस्पतालका अनुसार, तुलसीपुर उपमहानगरपालिका–५, दाङकी २८ र ४० तथा ३९ बर्षिय महिलामा कोरोना देखिएको छ । सोही वडाका ३४ बर्षिय पुरुषमा पनि कोरोना पोजेटिभ फेला परेको छ । घोराही उपमहानगरपालिका–१, दाङका ४२ बर्षिय महिलामा कोरोना पोजेटिभ देखिएको छ ।
हालसम्म ३५ हजार दुई सय ६६ स्वाब संकलन भएको छ । जसमध्ये ३५ हजार दुई सय नमुना परीक्षण भइसकेको अस्पतालले जनाएको छ । कोरोना संक्रमित मध्ये बाँकेका ६ जनाको मृत्यु भएको छ ।