बोक्सीको आरोप लगाउने विरुद्ध आमनाले दिइन प्रहरीमा जाहेरी

बाँके, १६ भाद्र ।
बोक्सी भन्दै आफुमाथि कुटपिट गरेको भन्दै नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलकी ५७ बर्षिया आमना खातुनले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी छन् ।
उनले बोक्सीको आरोप लगाउँदै कुटपिट गर्ने र गालीगलौज गर्नेलाई कारवाहीको माग गरि प्रहरीमा उजुरी दिएकी हुन् । उनले आफुलाई देख्नासाथ बोक्सी भन्दै गालीगलौज गर्ने र कुटपिट गर्ने घरबारी टोलकै जमुना खातुन र मजुना खातुन विरुद्ध प्रहरीमा जाहेरी दिएको बताइन् । उनले मुलुकी अपराध संहिता बमोजिम कारबाहीको माग गरेको जानकारी दिइन् ।
लकडाउन सुरु भएपछि नेपालगन्जमा घर भाडा लिएर बस्दै आएकी आमनालाई देख्नासाथ बोक्सी आएको भन्दै गालीगलौज गर्दै आएको पीडित महिलाका पति बकरद्दिन मियाँले बताए । उनले छिमेकीले अनाहकमा दुख दिएर हैरान पारेको बताए ।
बोक्सीको आरोपमा गालीगलौज र कुटपिट गरेको भन्दै आमनाले जमुना र मजुना विरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । पीडित महिलाले दिएको जाहेरी दर्ता भइसकेको प्रहरीले जनाएको छ ।
बोक्सी भन्दै कुटपिट र गालीगलौज गर्ने विरुद्ध आमनाले मुलुकी अपराध संहिता २०७४ को दफा १६८ को २ बमोजिम पाँच बर्षकैद र ५० हजार जरिवनाको माग गरेकी छन् ।

Previous articleसद्भाव दैनिकका सम्पादक भण्डारीसहित २४ जनालाई कोरोना संक्रमण
Next articleजिल्ला अस्पताल, बर्दियामा पिसिआर विधिबाट कोरोना परीक्षणको तयारी सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here