पूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख घुस रकमसहित पक्राउ

बाँके, १४ भाद्र ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलले भौतिक पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख मनिषकुमार अर्याललाई घुस रकमसहित पक्राउ गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय, प्रदेश ५ को कार्यालय परिसरबाट अर्याललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।
उनको साथबाट श्रोत नखुलेको पाँच लाख ३० हजार रुपैँयासमेत बरामद भएको भुसालले बताए । उनलाई थप अनुसन्धानका लागि आयोगको कार्यालय, बुटवलमा राखिएको भुसालले बताए ।

Previous articleअझैँ सुकेन बेपत्ता पारिएका परिवारको आँखा
Next articleडिसिसिएमसीलाई चार सय थान भिटिएम प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here