बाँकेमा कोरोना संक्रमण दर ०.२० र निको हुने ७२.७० प्रतिशत

बाँके, १४ भाद्र ।
बाँकेमा कोरोना संक्रमितको संख्या एक हजार पुगेको छ । आइतवार १० जना कोरोना संक्रमित फेला परेपछि संख्या एक हजार पुगेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।
यी मध्ये ७२७ जना निको भएर घर फर्किएका छन् । बाँकेका विभिन्न आइसोलेसन सेन्टरमा बसेर २६७ जनाले उपचार गराइरहेका छन् । दुई महिला र चार पुरुष गरि ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बाँकेमा मृत्यु दर ०.६० प्रतिशत भएको बताउँदै श्रेष्ठले रोग संक्रमण दर ०.२० प्रतिशत मात्र भएको स्पष्ट पारे । उनले यहाँ विरामीको निको हुने दर ७२.७० प्रतिशत रहेको बताए ।
उनले १३ भाद्रसम्म १९ हजार ३९१ वटा स्याम्पल कलेक्सन भएकोमा १८ हजार १८६ जनाको आरटी–पिसिआर जाँच भएको बताए । ‘बाँकेमा संक्रमण, मृत्यु र निको हुने दर हेर्दा आत्तिनु पर्ने देखिदैन, तर सजगता अपनाउन जरुरी छ,’ उनले भने ।

Previous articleमोटरसाइकल दुर्घटनामा बाँकेमा दुईको मृत्यु
Next articleअझैँ सुकेन बेपत्ता पारिएका परिवारको आँखा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here