नरैनापुरमा मोहर्रमको सार्वजनिक बिदा

बाँके, १४ भाद्र ।
मोहर्रम पर्वको अवसरमा नरैनापुर गाउँपालिकाले आज (आइतबार) सार्वजनिक बिदा दिएको छ ।
इस्लाम धर्मावलम्बीको पवित्र पर्व मोहर्रमको अवसर पारेर गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको गाउँपालिकाका उपाध्यक्ष जयन्तिदेवी श्रीवास्तबले बताइन् । कोभिड–१९ का कारण सिर्जित असहज परिस्थितिका कारण सामाजिक दूरी कायम गरि पर्व मनाउन आग्रह गर्दै उनले भिडभाडले कोरोना संक्रमण फैलिने तर्फ सचेत रहन सुझाव दिएकी छन् ।
उच्च स्वास्थ्य सतर्कताका अपनाउँदै घरमै बसी आ–आफ्नो परिवारमा हर्षोल्लासका साथ मोहर्रम पर्व मनाउन उनले पालिकाका सवैसँग अनुरोध गरेकी छन् ।

Previous articleअर्कैको भवन, त्यहि पनि जीर्ण, चुहिएर प्रहरीलाई हैरानी (फिचर)
Next articleमोटरसाइकल दुर्घटनामा बाँकेमा दुईको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here