डिसिसिएमसीलाई चार सय थान भिटिएम प्रदान

बाँके, १४ भाद्र ।
कोभिड–१९ नियन्त्रण तथा रोकथाममा सहयोग पु¥याउन औषधि ब्यवसायी संघ, बाँकेले जिल्ला कोभिड क्राइसिस मेनेजमेन्ट कमिटी (डिसिसिएमसी) लाई भिटिएम प्रदान गरेको छ । संघले पिसिआरको दायरा बढाउन चार सय थान भिटिएम प्रदान गरेको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
संघले बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई भिटिएम हस्तान्तरण गर्दै पहुँच नपुगेका समुदायको कोरोना परीक्षण गर्न माग गरेको छ ।

Previous articleपूर्वाधार विकास कार्यालय, बाँकेका प्रमुख घुस रकमसहित पक्राउ
Next articleडेढ करोड रकम फ्रिजः कहाँ चुक्यो नेपालगन्ज उपमहानगरपालिका ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here