राप्तीको भालुबाङ र पाखापानी क्षेत्र सिल

दाङ, १२ भाद्र ।
समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएपछि दाङको राप्ती गाउँपालिकाको विभिन्न क्षेत्र शुक्रवारबाट सिल गरिएको छ । जसले गर्दा पालिकाको पूर्वमा भालुवाङ–प्युठान सीमानासम्म र पश्चिममा वडा नं. २ को सीमा कटेशनालासम्म विहान ६ बजेदेखि सिल गरिएको छ । यी क्षेत्रमा सिल गरिएपछि बजार उद्योगधन्दा, कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय बन्द भएका छन् ।
अत्यावश्यक सवारी साधन, एम्बुलेन्स, दमकल, लगायतका साधन वाहेक सार्वजनिक यातायातका सम्पूर्ण साधन सञ्चालन हुन सकेका छैनन् । बजारमा मानिसको आवत जावत रोकिएपछि बजार क्षेत्र समेत सुनसान देखिएको छ । सिल क्षेत्रलाई कडा बनाउन ठाउँ–ठाउँमा प्रहरी परिचालन समेत गरिएको छ ।
बिहीबार राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बसेको बैठकले वडा नम्बर १, ४ र ८ का ५ वटा टोललाई शुक्रवारबाट १९ गतेसम्म ७ दिनका लागि सिल गर्ने निर्णय गरेको थियो ।
जस अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र तथा पाखापानी क्षेत्र बढी संवेदनशील क्षेत्र भएको हुँदा बिहान ६ बजेदेखि सिल गर्ने र वडा नंं. ४ को बुढीचौर , मौरीघाट क्षेत्र र वडा नं. ८ को कोहलुवा क्षेत्रमा भने शुक्रबार राति १२ बजेदेखि सिल हुने भएको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिए ।

Previous articleभेरी अस्पतालका दुई विशेषज्ञ डाक्टरसहित ३६ जनामा कोरोना
Next articleकोभिड–१९ रोकथाम तथा राहत वितरणमा नेपालगन्जको चार करोड खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here