आफ्नै सालालाई अपहरण गरि १० लाख फिरौती माग्ने पक्राउ

बाँके, १२ भाद्र ।
बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१६ का कल्लु भनिने कलिम खाँलाई पक्राउ गरेको छ । नावालकलाई अपहरण गरि फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले खाँलाई पक्राउ गरेको हो ।
खाँले ९ भाद्रमा खजुरा गाउँपालिका–५ रजनवा गाउँमा मोहर्रमको रमाइलो हेर्न गएको सोही ठाउँका १३ बर्षिय इसहाक जाकिर भन्ने इन्तजार खाँलाई जयसपुर स्थित आफ्नो घरको कोठामा बन्धक बनाएको प्रहरीले जनाएको छ । उनले बन्धक बनाएर राखेका इन्तजारको परिवारका सदस्यलाई फोन सम्पर्क गरि १० लाख रुपैँया फिरौती माग गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले विहीवार पक्राउ गरेको बाँकेका प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले बताए ।


अपहरणमा परेका इन्तजारलाई जानकी गाउँपालिका–५ स्थित पीडितको फुपुको घरमा छोडेको अवस्थामा उद्दार गरिएको उनले बताए । उनले अपहरणमा प्रयोग भएको भे ४ प २३४४ नं. को सुजुकी कम्पनी मोटरसाइकल र फिरौती माग्न प्रयोग भएको मोबाइल पनि बरामद भएको जनाए ।
नाबालक अपहरण गर्ने कलिम खाँ पीडित इन्तजारको सहोदर भिनाजु रहेको भएको डिएसपी खड्काले बताए । ‘इन्तजारको बुवाले जग्गा खरिद गर्नको लागि घरमा रकम जम्मा गरे राखेको थाहा पाएपछि कलिमले उक्त रकम पाउनको लागि आफ्नो सालालाई अपहरण गरि रकम मागेको खुलेको छ,’ उनले भने ।
पक्राउ परेका कलिमलाई मुलुकी संहिता ऐन २०७४ को परिच्छेद १७ को अपहरण वा शरिर बन्धक सम्बन्धि कसुरको दफा २१३ बमोजिम ७ बर्षदेखि १० बर्षसम्म कैद र ७० हजारदेखि एक लाखसम्म जरिवाना हुने दावी सहित मुद्दा दर्ता गरिने डिएसपी खड्काले बताए ।

Previous articleकोभिड–१९ रोकथाम तथा राहत वितरणमा नेपालगन्जको चार करोड खर्च
Next articleअर्कैको भवन, त्यहि पनि जीर्ण, चुहिएर प्रहरीलाई हैरानी (फिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here