भेरी अस्पतालका दुई विशेषज्ञ डाक्टरसहित ३६ जनामा कोरोना

बाँके, ११ भाद्र ।
बाँकेमा थप ३६ जना कोरोना संक्रमित फेला परेका छन् । भेरी अस्पताल नेपालगञ्जको पिसिआर ल्याबमा गरिएको स्वाब परीक्षणमा सोही अस्पतालमा कार्यरत डाक्टरसहित ३३ र भेरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भेरी अस्पतालका दुई विशेषज्ञ स्तरका महिला डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । महिला डाक्टरका पति विशेषज्ञ डाक्टरलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यसैगरि, बिहीबार थप ६ जना नेपाली सेनालाई पनि कोरोना भएको छ । मध्यपश्चिम पृतना शिक्षालय, कौशिलानगरमा कार्यरत नेपाली सेनामा कोरोना पुष्टि भएको श्रेष्ठले बताए । विहीवार फेला परेका संक्रमितहरु नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी, राप्तीसोनारी र खजुरा गाउँपालिकाका भएको उनले जानकारी दिए ।
यसैगरि, बिहीबार साँझ थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टरको कोरोना प्रयोगशालामा स्वाब परीक्षण गराएका मध्ये नेपालगन्ज–१८ का २६ वर्षीया महिला र ३८ वर्षीय पुरुषका साथै नेपालगन्ज–४ का ३५ वर्षीया महिलालाई पनि कोरोना संक्रमण पुष्टि भएको श्रेष्ठले जानकारी दिए ।
योसँगै बाँके जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ५६ पुगेको छ । कोरोना निको भएर घर फर्केका ६ सय ८२ र २ सय ६५ जना आइसोलेसनमा छन् । कोरोना संक्रमित ६ जनाको ज्यान गइसकेको छ ।

Previous articleकोरोनाका कारण बाँकेमा अर्की ७० बर्षिया महिलाको मृत्यु
Next articleराप्तीको भालुबाङ र पाखापानी क्षेत्र सिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here