भेरी अस्पतालका डा. मिश्र र डा. केसीलाई कोरोना संक्रमण

भेरी अस्पतालका डा. राहुल मिश्र र डा. रजनी केसी शाह ।

बाँके, ११ भाद्र ।
भेरी अस्पतालका डाक्टरलाई धमाधम कोरोना संक्रमण देखिन थालेको छ । बुधवारमात्र थप दुई जना डाक्टरलाई कोरोना पुष्टि भएको छ । बुधवार हाड, जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राहुल मिश्र र कन्सल्टेन्ट फिजिसियन डा. रजनी केसी शाहलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
ओपिडी, अप्रेसन तथा इमरजेन्सी वार्डका विरामीको उपचारमा अग्रपंतीमा खटिदै आएका डा. मिश्र र केसीलाई कोरोना संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ । यसअघि फिजिसियनद्वय डा. राजन केसी र संकेत रिसाललाई कोरोना संक्रमण देखिएको थियो ।
तीन दिनअघि उच्च ज्वरो आएपछि डा. केसीले बुधवार स्वाब दिएकी थिइन् । उनको बुधवार बेलुकी स्वाब रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिइन् । ‘कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुधवार स्वाब परीक्षण गराएँ । रिपोर्ट पोजेटिभ आएको छ, डा. केसीले भनिन् ।’ उनी पनि कोरोना संक्रमित विरामीको उपचारमा खटिएकी थिइन् ।
त्यस्तै, हाडजोर्नी रोग बिशेषज्ञ डा. मिश्रले पनि आफूलाई कोरोना भएको पुष्टि गरेका छन् । उनले विरामीको सेवा गर्ने दायित्व भएको बताउँदै निको भएर पुनः विरामीको सेवामा फर्किने प्रतिवद्धता जनाएका छन् । ‘विरामीको उपचार गर्ने मेरो पहिलो दायित्व हो । उपचार गर्ने क्रममा म संक्रमित हुन पुगेँ । निको भएर छिट्टै सेवामा फर्किन्छु,’ डा. मिश्रले भने ।

Previous articleभेरी अस्पतालका थप एक डाक्टरलाई कोरोना संक्रमण
Next articleकोरोनाका कारण बाँकेमा अर्की ७० बर्षिया महिलाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here