भेरी अस्पतालका थप एक डाक्टरलाई कोरोना संक्रमण

बाँके, १० भाद्र ।
भेरी अस्पताल, नेपालगन्जमा कार्यरत थप एक डाक्टरलाई पनि कोरोना संक्रमण भएको छ । ओपिडी र अप्रेसन, राउण्डिङ तथा इमरजेन्सी वार्डका विरामीको उपचारमा अग्रपंतीमा खटिदै आएका हाड, जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. राहुल मिश्रलाई कोरोना पोजेटिभ भएको अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. रुपानन्द अधिकारीले पुष्टि गरेका छन् ।
डा. अधिकारीले आफ्नो फेसबुक वालमा डा. मिश्रलाई कोरोना पोजेटिभ देखिएकोले शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । विरामीको उपचारमा अग्रपंतीमा खटिदै आएका डा. मिश्रलाई कोरोना संक्रमण भएको बताउँदै कामको प्रशंसा समेत गरेका छन् ।
डा. मिश्रसँगै भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे र फिजिसियन तथा पेटरोग विशेषज्ञ डा. संकेत रिसाललाई अघि नै कोरोना संक्रमण भएको छ ।

Previous articleबाँकेका १४८ सुरक्षाकर्मी, ७ चिकित्सक र ३१ स्वास्थ्यकर्मीलाई कोरोना
Next articleभेरी अस्पतालका डा. मिश्र र डा. केसीलाई कोरोना संक्रमण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here