नेपाली सेनाका ५१ सहित एकैदिन ७३ जनामा कोरोना पुष्टि

बाँके, १० भद्रौ ।
बाँकेमा ५१ जना नेपाली सेनासहित थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जको पिसिआर ल्याबमा बुधवार गरिएको स्वाब परीक्षणमा २२ र बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ गरि ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।
बुधबार थपिएका संक्रमितहरुमा नेपाल टेलिकमका ८ जना, माछापुछ«े बैंक, पुरैना स्वास्थ्य चौकी, भेरी अस्पतालका एक–एक जनामा कोरोना पुष्टि भएको उनले बताए । त्यस्तै, नेपालगन्ज उपमहानगरपालिकाका ६, खजुरा, कोहलपुर र नरैनापुर गाउँपालिकाका एक–एक जनामा पनि कोरोना पुष्टि भएको छ ।
उनले बुधबार थपिएका मध्य तनहु, सुर्खेत र बर्दिया घर भएका एक–एक जना रहेको बताए । बागेश्वरी डाइग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणमा ५१ जना नेपाली सेनामा कोरोना संक्रमण देखिएको छ । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ९ सय १६ जना पुगेको छ ।
संक्रमित मध्य ६ सय ६० जना निको भएर घर फर्किसकेका छन् । भने, २ सय ५१ जना उपचाररत रहेको उनले बताए । बाँकेमा कोेरोनाका कारण ५ जनाको मृत्यु भएको छ ।

Previous articleबिना अर्थको दवावले जमुनाह प्रहरीलाई हैरानी
Next articleबाँकेका १४८ सुरक्षाकर्मी, ७ चिकित्सक र ३१ स्वास्थ्यकर्मीलाई कोरोना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here