बाँके, १० भदौँ ।
कोरोनाका कारण बाँकेमा थप एक पुरुषको मृत्यू भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का ३७ बर्षिय पुरुषको कोरोना संक्रमणका कारण मृत्यू भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । मृतको दुवै फोक्सोमा निमोनिया देखिएको अस्पताललाई उदृध गर्दै श्रेष्ठले बताए ।
छाती दुख्ने समस्या देखिएपछि उनलाई परिवारका सदस्यले ८ भाद्र विहान १० बजे नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा भर्ना गरेका थिए । कोरोनाको लक्षण देखिएपछि शिक्षण अस्पतालले ८ भाद्रको विहान ११ बजे स्वाब लिएर परीक्षणका लागि भेरी अस्पतालको पिसिआर ल्याबमा पठाएको थियो ।
उनको ९ भाद्र दिउँसो ३ बजे पिसिआर रिपोर्ट पोजेटिभ आएको कोरोना फोकल पर्सन श्रेष्ठले बताए । कोरोना रिपोर्टपछि उनको स्वास्थ्य विग्रिदै गएपछि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको भेन्टीलेटरमा राखेर उपचार गर्ने क्रममा १० भाद्र रातको १ः३० बजे मृत्यू भएको उनले जानकारी दिए ।
योसँगै बाँकेमा कोरोनाका कारण मृत्यू हुनेको संख्या पाँच पुगेको छ । यसअघि नरैनापुर र नेपालगन्जका एक एक जना पुरु तथा कोहलपुर र बैजनाथका एक–एक जना महिलाको मृत्यू भइसकेको छ ।