भेरी अस्पतालका डाक्टरसहित बाँकेका ६ जनामा कोरोना

बाँके, ८ भाद्र ।
बाँकेमा एक डाक्टरसहित ६ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा ४९ बर्षिय एक डाक्टरसहित चार जनामा कोरोना पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
त्यसैगरि, कोहलपुर नगरपालिका–११ का दुई पुरुष र नेपालगन्ज मेडिकल कलेजमा लिइएको स्वाब परीक्षणमा एक जना महिलामा कोरोना पुष्टि भएको छ ।
बागेश्वरी डाइग्नोष्टिक सेन्टरको पिसिआर ल्याबमा गरिएको परीक्षणमा नेपालगन्ज उपमहानगरपालिका–१० र ११ का पुरुषमा पनि कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

Previous articleकोरोना अस्पताल संचालन गर्न पुराना बेड मर्मत गर्दै भेरी अस्पताल
Next articleशब फेला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here